°
, June 1, 2023 in

गोरखामा यू–१३ राष्ट्रिय फुटबल च्याम्पियनसिप हुने, १२ टिम प्रतिस्पर्धामा

SHARE:

गोरखामा यू–१३ राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। आगामी चैतमा हुने च्याम्पियनसिप गोरखाको स्थानीय क्लब द ओसन क्लबले आयोजना गर्न लागेको हो।

यो यू–१३ राष्ट्रिय फुटबल च्याम्पियनसिप आठौं संस्करण हो। प्रतियोगिता चैत अन्तिम साताबाट सुरु हुने आयोजक ओसन क्लबले जनाएको छ।

च्याम्पियनसिपमा गोरखाका ३ टिमसहित कुल १२ टिमको सहभागीता रहने छ। जसमा आयोजक द ओसन क्लब, लक्ष्मी सामुदायिक शिक्षा सदन र ओल्ट क्यापिटल मावि छन्। लक्ष्मी सामुदायिक शिक्षा सदन र ओल्ट क्यापिटल मावि छनोट प्रतियोगितामार्फत आएका हुन्।

च्याम्पियनसिपमा भाग लिने अन्य ९ टिमको भने टुंगो लागेको छैन। यसका लागि क्लबले सहभागीताका लागि माघ २५ गते टिम दर्ता गर्न आव्हान गरेको छ।

स्थापना साल २०७१ देखि फुटबल खेल विकास लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गोरखाको क्लबले जिल्ला स्तरीय अन्तरविद्यालय यू(१४ फुटबल प्रतियोगिता, सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता, सिक्स ए साइड भेट्रान्स कप प्रतियोगितासहित विभिन्न समयमा विशेष प्रशिक्षण शिविर र प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ।

क्लबले नेपालमा नै पहिलो सामुदायिक स्तरको घाँसे मैदान समेत निर्माण गरेको छ।

SHARE: