म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक ओले गुनर सोल्सरलाई बर्खास्त गरेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति वाट्फोर्डसँग ४–१ लज्जास्पद हार बेहोरेको २४ घण्टा नबित्दै युनाइटे सोल्ससायरलाई बर्खास्त गरेको हो।
खराब लयमा रहेको युनाइटेडले प्रिमियर लिगका पछिल्ला सात मध्ये एक खेलमा मात्र जित हात पारेको छ। युनाइटेड लिगको अंक तालिकामा सातौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीभन्दा १२ अंकले पछि छ।
सोल्सरलाई बर्खास्त गरेसँगै युनाइटेडले पहिलो टिमका प्रशिक्षक माइकल क्यारिकलाई अस्थायी प्रशिक्षकको जिम्मेवारी दिएको छ। सोल्सारले सन् २०१८ को डिसेम्बरमा क्लबको प्रशिक्षकको जिम्मेवारी पाएका थिए।
युनाइटेडले मंगलबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दैछ। भिल्लारियलसँग खेलेपछि युनाइटेडले प्रिमियर लिगमा चेल्सी र आर्सनलसँग खेल्नेछ।