जिरुडको निर्णायक गोलमा एसी मिलान विजयी

फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडको निर्णायक गोल मद्दतमा इटालियन सिरि एमा एसी मिलान विजयी भएको छ। मंगलबार राति जिरुडले निर्णायक गोल गरेपछि एसी मिलानले टोरिनोलाई १–०ले हरयो।

प्रतिस्पर्धात्मक खेलमा १४औं गोल गर्दै जिरुडले टिमलाई अग्रता दिलाए । उनले राडे करुनिकको पासमा गोल गरेका थिए । त्यसपछि खेलमा गोल नहुँदा मिलान विजयी भयो।

यो जितसँगै मिलन शीर्ष स्थानमा उक्एिको छ । उसले शीर्ष स्थानमा मिलाकै अर्को क्लब इन्टर मिलानलाई ३ अंकले पछि प¥यो । एसी मिलानको १० खेलमा २८ अंक छ भने इन्टरको ९ खेलमा २५ अंक छ । दुवै टिम अपराजित छन्।

१० खेलमा ९ जित र १ बराबरी खेलेको एसी मिलानको सिरि एमा ६१ वर्षपछिको उत्कृष्ट प्रदर्शन हो। सन् १९५४÷५५ मा पनि मिलानले सिरि एका सुरुआती १० खेलमा ९ जित र १ बराबरी खेलेको थियो। यस्तै, एसी मिलानलाई लागातार ५ होम खेल जिताउने इस्टेफानो पिओली पहिलो प्रशिक्षक बनेका छन् ।