गौरिका सिंह नेपाली पौडी इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्। चीनमा हुने एसियन गेम्सका लागि गौरिकासँगै ४ खेलाडी छनोट भएका थिए।
तर, अन्तिम समयको एसियन गेम्सको सूचीबाट गौरिकाको नाम हटेको छ। दुई पटक ओलम्पिक खेलिसकेकी गौरिका भने १९औं एसियन गेम्समा नदेखिने भएकी छन् ।
एनएसए कप पौडी प्रतियोगिताबाट उत्कृष्ट हुँदा गौरिकासहित डुवाना लामा तथा पुरुषतर्फ एलेक्स शाह र नासिर हुसेन चीनको होङझावमा हुने १९औं एसियन गेम्सका लागि छनोट भएका थिए। गौरिकाको स्थानमा अनुशिया तन्डुकारको नाम एसियन गेम्स खेल्ने खेलाडीको सूचीमा राखिएको छ।
वर्ल्ड च्याम्पियनसिप खेले पनि गौरिकाले एसियन गेम्स भने नखेल्ने भएको नेपाल ओलम्पिक कमिटीको छ। तर, उनलाई हटाइनुको कारण भने खुल्न सकेको छैन।
जापानमा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा गौरिकाले ५० मिटर र १०० मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान समेत बनाएकी थिइन् ।
वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकको लागि छनोट प्रतियोगिता समेत थियो । ओलम्पिकमा पौडी र एथलेटिक्सबाट युनिभर्सल कोटामा हरेक देशले भाग लिन पाउनेछन् ।