मनाइयो ओलम्पिक डे

नेपाल ओलम्पिक कमिटी (एनओसी)को तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ । सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो ।

त्यस अवसरमा युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गरेका थिए । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरे ।

मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामूहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताए । यस्तै, अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताए ।

नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघसंस्थाले २३१ कार्यक्रम पनि गर्ने एनओसीले जनाएको छ ।

Facebook Comments Box