ओलम्पिकको महिला फुटबल छनोट नेपालमा हुने

Read Time:1 Minute

पेरिस ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसिया छनोटको खेल नेपालमा हुने भएको छ।

एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नुपर्खेछ।

छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०–२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन्।

उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने सिधै दोस्रो चरणमा खेल्नेछन् । यी पाँच टिम र पहिलो चरणका ७ गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ।

जसका तीन समूहको विजेता र एवम् उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन्दीपका वकिल भन्छन्– मनगढन्ते कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजियो
Next post बन्द इजलासमा सरकारी वकिलले भने– सन्दीपलाई थुनामै पठाउनुपर्छ
Close