पेरिस ओलम्पिकको महिला फुटबलको पहिलो चरणको छनोटको समूह सीमा नेपाल र भियतनामले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन्। यो समूहमा सुरुमा चार टिम थिए, तर प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र भएका हुन्।
यो समूहको खेल दशरथ रंगशालामा चैत २२ र २५ गते हुनेछ। समूह विजेता हुने टिम दोस्रो चरणको छनोटमा पुग्ने छ।
प्रतियोगिताका लागि एन्फाले मार्केटिङ र ब्रोडकास्टिङको जिम्मा एमडिएसी स्पोर्ट्सलाई दिएको छ । प्रतियोगिता आयोजनामा ४३ लाख खर्च हुने अनुमान एन्फाको छ।
खेलका हेर्नका लागि एन्फाले साधारणतर्फ ३ सय र भिआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ।