ओलम्पिकमा कुन देशको कति पदक? (पूर्ण सूचीसहित)

जापानको टोक्योमा जारी ओलम्पिक २०२० सकिन अब ७ दिन बाँकी छ। हाल पदक तालिकाको शीर्षस्थानमा चीन रहेको छ भने आयोजक जापान दोस्रो हुँदा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छ।

यो समाचार तयार पार्दासम्म शीर्षस्थानको चीनले २१ स्वर्ण, १३ रजत र १२ कास्यसहित कुल ४६ पदक जित्न सफल भएको छ। दोस्रो स्थानमा झरेको आयोजक राष्ट्रले १७ स्पर्धामा स्वर्ण जित्दा ५ रजत र ८ कास्य हात पार्दै ३० पदकका साथ दोस्रो स्थानमा आसिन छ।

कुल पदक संख्यामा चीनसँगै प्रथम स्थानमा भएपनि स्वर्णका आधारमा अमेरिका तेस्रो स्थानमा रहेको छ। उसले ४६ पदक जित्ने क्रममा १६ स्वर्ण, १७ रजत र १३ कास्य हात पारेको छ।

चौथौ स्थानमा रहेको रसियन ओलम्पिक कमिटीले ११ स्वर्ण जित्दा १५ रजत र ११ कास्य जितेको छ। पाँचौं स्थान हासिल गर्न सफल अस्ट्रेलियाले १० स्वर्णसहित ३ रजत र १४ कास्य हात पारेको छ।

टोक्यो ओलम्पिक्समा पदक जित्न सफल देशहरुको तालिका हेर्नुहोस्ः

Facebook Comments Box