बलिङमा चम्किए करण र सन्दीप, ओमान १२१ रनमै अलआउट

विश्वकप लिग–२ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि नेपालले ओमानलाई १२१ रनमा अलआउट गरेको छ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको ओमानको इनिङ ध्वस्त बनाउनजे क्रममा करणले ८ ओभरमा १ मेनडसहित २५ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । यस्तै शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए।

ओमानका लागि जिसन मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बल २ चौका र १ छक्का प्रहार गरे। यस्तै, जितेन्दर सिंहले १३ र नसिम खुसीले १२ र कलिमुल्लाहले नटआउट ११ बनाउन बनाए।

सिरिजमा लगातार दुई खेलमा पराजित भएको नेपालले ओमानविरुद्ध २ परिवर्तन गरेको छ। प्रशिक्षक डेभ वाट्मोरले थप एक ब्याट्म्यान खेलाएका छन् । उनले कुशल मल्ल र गुल्सन झाको स्थानमा शरद भेषाकवर र आरिफ सेखलाई खेलाएका छन्।