°
, June 4, 2023 in

मुलपानीमा ओमानले कतारलाई हरायो

SHARE:

नेपालमा जारी एसिसी प्रिमियर कपमा ओमानले विजयी सुरुआत गरेको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमानले कतारलाई ४० रनले हरायो।

ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७.२ ओभरमा २०९ मै अलआउट भयो । उसका लागि कप्तान मोहम्मद रिजलानले सर्वाधिक ४३ रन बनाए। उनले ५९ बलमा ६ चौका प्रहार गरे।

यस्तै, खुर्राम साहजादले ३३ बलमा ३० रन बनाउँदा इमाल लियान्गले ३९ बलमा २७ र इक्रामुल्लाह खानले ५३ बलमा २६ रनको योगदान दिए।

ओमानका बिलाल खानले ४ विकेट लिए। उनले ८.२ ओभरमा ४२ रन खर्चिए। यस्तै, जय ओडेड्रा र अकिब इलियासले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनायो । उसका लागि आयन खानले सर्वाधिक ६४ रन बनाए। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कप्तान जिसन मक्सुदसले ७१ बलमा ४१ रन बनाउँदा सन्दीप गौद ३७ बलमा ३४ रनको योगदान दिए।

कतारका मुहम्मद मुरद र अमिर फारुकले समान ३ विकेट लिँदा इक्रामुल्लाह खानले २१ विकेट लिए।

मूलपानी मैदानमा भएको खेलमा ओमानले ८ विकेटको क्षतिमा २४९ रन बनायो । ओमानका आयन खानले अविजित ६४ रनको अर्धशतकीय पारि खेले । ओपनर कश्यप प्रजापति १८ र जितेन्द्र सिंह १६ रनमा आउट भए । कप्तान जेसन मक्सुदले ४१ रन जोड्दा अकिव इलियसले १७ रन मात्र बनाए।

मोहमद नदिम १८, आदिल सफिक १६, र सन्दीप गौड ३४ रनको इनिङ्स खेल्न सफल भए ।

कतारमा मोहमद मुराद र अमिर फहरुखले तीन(तीन विकेट लिए । करिमुल्लाह खानले दुई विकेट हात पारे ।

SHARE: