°
, June 7, 2023 in

एसिसी प्रिमियर कपका लागि ओमानको टिम घोषणा, अकिब इल्यासको पुनरागमन

SHARE:

नेपालमा आयोजना हुने एसिसी प्रियिमर कपका लागि ओमानले टिम घोषणा गरेको छ। एसिय कप छनोटका रुपमा रहेको प्रिमियर कपका लागि ओमानले आइतबार १४ सदस्यीय टिम घोषणा गरेको हो।

यही अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा हुने प्रयोगितामा ओमानको कप्तानी जिसन मक्सुदले गर्ने छन्। ओमनी टिममा अकिब इल्यासले झन्डै १ वर्षपछि टिममा पुनरागमन गरेका छन्।

प्रिमियर कपमा ओमान नेपाल रहेकै समूह एमा छ। यो समूहमा मलेसिया, कतार र साउदी अरेबिया पनि छन्। अर्को समूहमा युएईसहित हङकङ, कुवेत, सिंगापुर र बहाराइन छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टेष्ट राष्ट्र खेल्ने एसिया कपमा छनोट हुनेछ । यस्तै शीर्ष तीन टोली एसीसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

ओमानको टिम ः जिसन मक्सुद, अकिब इल्यास, कश्यप प्रजापति, जतिन्दर सिंह, सोइब खान, आयान खान, सन्दिप गौड, अदिल साफिक, मोहम्मद नदिम मोहम्मद नसिम जे ओडेरा, कलिमुल्लाह, बिलाल खान र अहमेद फयज बट ।

SHARE: