अजरेन्कालाई हराउँदै ओसाकाले जितिन् युएस ओपन

भिक्टोरिया अजरेन्कालाई हराउँदै जापानकी नाओमी ओसाकाले युएस ओपन टेनिस उपाधि जितेकी छिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर ओसाकाले भिक्टोरिया अजरेन्कालाई १–६, ६–३ र ६–३ ले हराइन् ।

चौथो वरीयताकी ओसाकाले गैर वरीयता प्राप्त आफ्ना प्रतिद्वन्द्वी जित निकाल्न दर्शकविहीन आर्थर ऐस स्टेडियममा १ घण्टा ५३ मिनेट खर्चेकी थिइन् । यससँगै २२ ओसाकाले जितेको ग्रान्ड स्लाम उपाधि तीन पुगेको छ । यसअघि सन् २०१८ मा पनि यूएस ओपन जितेकी ओसाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन पनि हात पारेकी थिइन् ।

अजरेन्काले पहिलो सेट २६ मिनेटमा जितेर दोस्रो सेटमा पनि २–० को अग्रता लिएकी थिइन् । ओसाकाले त्यही स्थितिबाट खेलमा पुर्नआगमन रचिन् र ११ गेममध्ये १० मा जित निकालिन् ।

‘फाइनल जित्न निकै गाह्रो भयो । तर मैले खेलमा उत्कृष्ट पुर्नआगमन भने गर्न सफल भएँ,’ उपाधिपछि ओसाकाले भनिन्, ‘यो वास्तवमा मेरा लागि निकै प्रेरणादायी थियो । किनकी जब म सानो थिए, म तपाईको खेल हेर्ने गर्दथे, मैले धेरै सिकेको छु । त्यसैले तपाईलाई धन्यवाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP