बार्सिलोनाकाे लय अझै उस्तै !

यो सिजन खराब प्रदर्शनबाट गुज्रिरहेको बार्सिलोनाले त्यही लयलाई पछ्याइरहेको छ। खराब प्रदर्शनपछि रोनाल्डो कोम्यानलाई बर्खास्त गर्दै जाभीलाई प्रशिक्षकमा नियुक्त गरेपनि बार्सिलोना प्रदर्शनमा भने परिवर्तन हुन सकेको छैन।

गत सातामात्र च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाको अवस्था ला लिगामा पनि उस्तै छ । अंक तालिकाकोको मध्यभागतिर रहेको बार्सिलोना आइतबार राति भएको खेलसँग बराबरीमा रोकियो।

युवा खेलाडीलाई मैदान उतारेको बार्सिलोनाले खेलका दुई पटक लिएको अग्रता जोगाउन नसक्दो ओसासुनासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। बार्सिलोनाका लागि युवा खेलाडीद्वय निको गोन्जालेज र अब्डे इजालजुली गोल गरेका थिए भने ओसासुनाका डेभिड गार्सिया र इजिक्वेल एभिलाले गोल गरेका थिए।

ओसासुनाको मैदानमाभउको खेलमा गोन्जालेजले १२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। लगत्तै गार्सियाले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काए। पहिलो हाफ १–१ गोलको बराबरीमै सकियो।

दोस्रो हाफको सुरुआतमै बार्सिलोनाले पुनः अग्रता लियो । ४९ औं मिनेटमा इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। खेलको ८७ औं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई बराबरीमा फर्काए ।

बराबरीसँगै १६ खेलबाट २४ अंक जोडेको बार्सिलोना लिग तालिकाको आठौं स्थानमा छ भने ओसासुना २२ अंकका साथ दशौं स्थानमा रहेको छ। लिगमा रियल ४२ अंकसहित शीर्ष स्थानम छ।