°
, June 4, 2023 in
0

सिरि एको उद्घाटन खेलमा नापोली विजयी

SHARE:

इटालियन सिरी एको उद्घाटन खेलमा नापोली विजयी भएको छ । आइतबार साँझ भएको नयाँ सिजनको पहिलो खेलमा नापोलीले पार्मालाई २–०ले हरायो ।

पार्माको मैदानमा भएको खेलमा नापोलीलाई जिताउन ड्रिएस मेर्टेन्स र लोरेन्जो इनसिग्ने गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

६४ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाए । ७७ औं मिनेटमा सिनसिग्नेले गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए । खेलमा त्यसपछि कुनै गोल नहुँदा नापोली २–०ले विजयी भयो ।

आजै हुने खेलमा युभेन्ट्सले साम्पडोरियाको सामना गर्ने छ । यस्तै, आजै लाजियो र एट्लान्टा, बोलोग्ना र एसी मिलान तथा वेनेभन्टो र इन्टर मिलानबीच पनि खेल हुने छ ।

अघिल्लो सिजन युभेन्ट्सले लागतार नवौं पटक सिरि ए उपाधि जितेको थियो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *