अक्सब्रिज कप बास्टेकबल उपाधि जेभियर र टाइम्सलाई

Read Time:2 मिनेट

जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने ।

आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित ग¥यो । जेभियरका निकेश मगरले १० अंक जोडे । मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराउदै फाइनलमा स्थान बनाएका थिए ।

प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७–१४ ले पाखा लगायो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७–१२ तथा रुकिजले नवोदितलाई २१–१५ ले पन्छ्याउदै फाइनल यात्रा तय गरेका थिए ।

व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा। कृष्णप्रसाद पाण्डे, इ क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।

तीनदिने प्रतियोगिताको व्याचलर्स र प्लस टुमा समान २०–२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कर्पोरेट ब्याडमिन्टन : कुमारी बैंक र विद्युत प्राधिकरणको विजयी सुरुआत
Next post १० खेलाडीमा सीमित सेभियासँग रोकियो बार्सिलोना
Close