इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टिमका सबै सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार इंग्ल्यान्ड पुगेको पाकिस्तानी टिमका खेलाडी तथा अफिसियलको कोरोना परीक्षण गरिएको थियो ।
इंग्ल्यानड भ्रमणमा जानुअघि गरिएको कोरोना परीक्षणमा १० खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरूमा वाहब रियाज, फखर जमान, इमरान खान, कासिफ भाटी, मोहमद हाफिज, मोहमद हसनैन, मोहमद रिजवान, शादब खान, ह्यारिस रउफ र हैदर अली छन् ।
एक साताको सेल्फआइसोलेनसपछि उनीहरु कोरोनाबाट मुक्त भइसकेका छन् । उनीहरुको दुई पटकको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना मुक्तभएका ६ खेलाडी इंग्ल्यान्डमा जाने छन् । उनीहरुमा फखर जमान, मोहमद हसनैन, मोहमद हाफिज, मोहमद रिजवान, शादब खान र वाहब रियाज रहेका छन् ।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टि–२० सिरिज खेल्नेछ । खेल बन्द स्टेडियममा हुनेछ । दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टि–२० सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।