नयाँ सिजनको पाकिस्तान सुपर लिगका लागि आइतबार अक्सन भएको छ। पिएसएल अक्सनको ड्राफ्टमा युवा स्पिनर सन्दीप लामिछानेसहित ११ नेपाली क्रिकेट थिए । तर, अक्सनमा नेपाली क्रिकेटरमाथि कुनै क्लबले पनि चासो दिएनन् ।
आइतबार पिएसएलको प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर श्रेणीको लिलामी सकिएको छ। नेपाली ११ खेलाडी यी चार श्रेणी मध्ये ३ श्रेणीको ड्राफ्डमा थिए ।
जसमा पिएसएल खेलिसकेका सन्दीप प्लाटिनममा थिए भने विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी गोल्ड थिए । यस्तै सिल्भरमा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब थिए।
सन्दीप र विनोदले दुई श्रेणीमा आफ्नो नाम दर्ता गराएका थिए । सन्दीपले प्लाटिनममा नबिकेमा डायमन्डमा पनि आफूलाई राखेका थिए भने विनोदले गोल्ड र सिल्भरमा आफूलाई राखेका थिए । दुवै श्रेणी उनीहरुलाई कुनै क्लबले बोली लगाएनन्।
अहिले अस्ट्रेलियामा बिग बास लिग खेलिरहेका सन्दीपले सन् २०१९मा लाहोर कलन्दर्सबाट पिएसएल खेलेका थिए । अघिल्लो सिजन सन्दीपलाई कुनै पनि टिमले किनेका थिएनन् । तर, बीचमै अफगानिस्तानका रसिद खानले पिएसएल छाडेपछि सन्दीपले लाहोरले टिममा लिएको थियो । पिएसल खेल्न सन्दीप पाकिस्तान पुगे पनि कोरोनाका कराण लिग रोकिएपछि सन्दीप खेल्न पाएका थिएनन्।