भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन

पहिलो पटक आयोजना भएको एसिया कप ह्विल चेयर टि–२० क्रिकेट प्रतियोतिगाको उपाधि पाकिस्तानले जितेको छ । शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।

पहिला व्याटिङ गर्र्दै भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तानले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै भेट्टायो र उपाधि आफ्नो कब्जामा लियो । पाकिस्तानलाई च्याम्पियन बनाउने क्रममा मोहमद लतिफले १५६ रनको विस्फोटक इनिङ खेले । भारतका सौरभ मलिकले २ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१० रन बनायो । उसका सौरभ मलिकले नटआउट १०४ रन बनाए भने निकुल प्रजापतिले नटआउट ६३ रनको योगदान दिए । पाकिस्तानका एड्नान नासिर र अस्लाम अहमेदले समान १ विकेट लिए ।

च्याम्पियन बनेको पाकिस्तानले ट्रफीसहित ६० हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेका भारतले भारतले ३० हजार रुपैयाँ पायो ।

पाकिस्तानका मोहमद लतिफ प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान बने । यस्तै भारतका सौरभ मालिक उत्कृष्ट बलर घोषित भए भने उत्कृष्ट फिल्डर भारतकै लक्ष्मण बिर्हाडे बने ।

नेपाल ह्विल चेयर क्रिकेट संघको आयोजना जेठ १ बाट सुरु भएको प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र बंगलादेश सहभागी थिए ।