सागमा स्वर्ण जित्ने दुई पाकिस्तानी खेलाडी डोपिङ असफल, लाग्न सक्छ ४ वर्ष प्रतिबन्ध

काठमाडौंमा भएको १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पाकिस्तानलाई स्वर्ण पदक दिलाउने दुई खेलाडी डोपिङमा असफल भएका छन् । पाकिस्तान एम्याचोर एथ्लेटिक्स फेडेरेसनले स्वर्ण विजेता आफ्ना दुई खेलाडीको डोपिङ टेष्ट पोजेटिभ आएको जानाएको छ ।

१३औं सागमा पाकिस्तानलाई एट्लेटिकसमा स्वर्ण जिताउने मोहम्मद नइम र मेहबुब अली डोपिङमा असफल भएको बताइएको छ । नइमले ट्रयाक एण्ड फिल्डको ११० मिटर हर्ड्लस र अलीले ४०० मिटरमा स्वर्ण जितेका थिए ।

यसैगरी १०० मिटरमा कास्य जितेका समी उल्लाह पनि डोपिङ परीक्षणमा असफल भएका छन् । वर्ल्ड एन्टी डोपिङ एजेन्सी नाडाको नियमअनुसार प्रकियाअघि बढाइने र खेलाडीलाई आफूलाई निर्दोष सावित गर्ने अवसर दिइनेछ । यदि त्यसमा खेलाडीहरु असफल भए ४ वर्षसम्मको प्रतिवन्ध हुन सक्ने जनाइएको छ ।

नेपालमा भएको १३औं सागमा पाकिस्तानले ३२ स्वर्णसहित १३२ पदक जितेको थियो । पर्याप्त ट्रेनिङ नहुँदा पनि पाकिस्तानले हासिल गरेको उपलब्धिलाई सन्तोषजनक मानिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP