महान फुटबलर पेलेले कतार विश्वकपअन्तर्गत आज राति हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल अस्पतालमै हेर्ने भएका छन्। क्यासन्ससँग जुधिएका पेले केही समयदेखि अस्पतालमा उपचाररथ छन्।
३ पटकका विश्वकप विजेता ८२ वर्षीय पेलेको स्वास्थ्य अवस्था अहिले केही सुधार भएको छ। केही दिनअघि उनी मृत्युको मुखमा पुगेका थिए। उनको स्वास्थ्य निकै जटिल बनेको थियो।
पेलेले ट्विटमा युवामा अवस्थामा बुबासँग सडमा हिँडिरहेको फोटो पोस्ट गर्दै आफूले अस्पतालमै खेले हेर्ने भन्दै आफू पनि ब्राजिलिय टिमसँगे रहेको बताएका छन्। उनले टिमलाई शुभकामना पनि दिएका छन्।