
पलेशा गोवर्द्धन पारा ओलम्पिकमा कास्य नजिक
Read Time:1 मिनेट
नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धननले टोक्योमा जारी पारा ओलम्पिकको तेक्वान्दोतर्फ कास्य पदकको नजिक पुगेकी छिन् ।
के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरिरहेकी पलेशा रिपिचेजको सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई हराउँदै कास्य नजिक पुगेकी हुन् ।
पलेशाले सर्बियन खेलाडीमाथि २३–१५ को जित निकालिन्। रिपिचेजको फाइनल जिते पलेशाले कास्य जित्ने छिन्।
पहिलो खेलमै बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि पलेशा स्वर्णको दौडबाट बाहिरिएकी थिइन्। त्यसपछि रिपिचेजमा प्रतिस्पर्धा गरेकी हुन्।
उनले रिपिचेजको क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–०ले पराजित गरेकी थिइन्।
टोक्यो पारा ओलम्पिकमा सहभागी पलेशा नेपालकी एक्ली खेलाडी हुन्।