पारा ओलम्पिकमा नेपाली खेलाडी पलेशा पहिलो खेलमै पराजित

Read Time:1 मिनेट

जापानको टोक्योमा जारी पारा ओलम्पिकमा सहभागी एकमात्र नेपाली खेलाडी पलेशा गोबर्द्धन पहिलो खेलमै पराजित भएकी छिन्। तेक्वान्दो खेलाडी पलेशा पहिलो चरणमा ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिन्।

पलेशा मुनरोसँग २१–८ ले पराजित भइन् । पलेशा पहिलो राउण्डमा ६–२ र दोस्रो राउण्डमा ८–२ ले पछि परेकी थिइन्। यस्तै, तेस्रो राउण्डमा उनी ७–४ ले पछि परेकी थिइन्।

टोक्यो पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटगोरीमा महिला ५८ केजीमुनी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

पलेशालाई हराएकी मुनरोले क्वाटरफाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकप छनोटमा रोकियो युरोपियन च्याम्पियन इटाली, इंग्ल्यान्ड र पोल्यान्डको सहज जित
Next post रोनाल्डोले लेखाए गिनिज बुकमा नाम
Close