पारा ओलम्पिकमा कास्य जित्नबाट चुकिन नेपाली तेक्वान्दो खेलाडी पलेशा

Read Time:1 मिनेट

जापानमा जारी पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन कास्य पदक जित्नबाट वञ्चिच भएकी छिन्। कास्यका लागि भएको रिपिचेज फाइनलमा पराजित भएपछि पलेशा पदक जित्न असफल भएकी हुन्।

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा रिपिचेज फाइनलमा चिनिया खेलाडी युजी लिसँग १२–९ ले पराजित भइन्।

रिपिचेज फाइनलमा पलेशाले पहिलो राउण्डमा ४–२ ले अग्रता बनाएकी थिइन् । तर, दोस्रो राउण्डमा उनी ५–० पछि परेकी थिइन् । तेस्रो तथा अन्तिम राउण्डमा दुवै खेलाडीले ५–५ अंक स्कोर गरेपछि चिनियाँ खेलाडीले २–९ ले खेल जितिन् ।

पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपिचेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । उनले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले र सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले हराएकी थिइन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post झापा एफसीको पुरै स्क्वाडले लगायो कोरोनाविरुद्धको भ्याक्सिन
Next post ‘मेसी ल्याएर पनि पिएसजीले च्याम्पियन्स लिग जितेन भने जिन्दगीमा कहिल्यै जित्दैन’
Close