काठमाडौं/ दीपक तिमल्सिना र ठाकुर श्रेष्ठले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत पारा भारोत्तोलनमा स्वर्ण जितेका छन् । राष्ट्रिय पारा भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा दीपक र ६५ केजीमा ठाकुर पहिलो भएका हुन् ।
प्रतियोगितामा ५४ केजीमा विनोदमान श्रेष्ठ दोश्रो तथा लक्ष्मीदास मघैया तेश्रो भए । ६५ केजीमा हरिचन्द्र श्रेष्ठ दोश्रो तथा रविन्द्र पन्तले तेश्रो स्थान हासिल गरे ।
नयाँ बजारस्थित रिभर फिल्ड फुटसल एन्ड जिम सेन्टरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमा दुर्गामान तामाङले स्वर्ण, निर्मल श्रेष्ठले रजत र केशव तिमल्सिनाले काँस्य जिते । ७२ केजीमाथि आशिष मानन्धर प्रथम, राजाराम सिलवाल द्वितीय र टीकाबहादुर गुरुङ तृतीय भएका थिए ।
महिला ५५ केजीमा निर्मला भण्डारी, तुल्सा थापा मगर र विमला तामाङले क्रमशः शीर्ष तीन स्थान हात पारे । ५५ केजीभन्दा माथि टिना महर्जनले स्वर्ण, ज्योति अर्यालले रजत र लक्ष्मी घिमिरेले काँस्य जितेका थिए ।
एकदिने प्रतियोगितामा २२ पुरुष खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए भने १० महिला खेलाडी २ स्पर्धामा सहभागी थिए ।