पारा ओलम्पिक टिमलाई केल्मीको प्रायोजन

Read Time:1 Minute

जापानमा हुने टोकियो पारा ओलम्पिकमा भाग लिने नेपाली टोलीलाई केल्मीको खेल पोसाक प्रदान गरिएको छ । नेपालमा केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिले पूर्व सम्झौताअनुरुप टोलीलाई खेल पोसाक प्रदान गरेको हो ।

पारा ओलम्पिकमा सहभागी हुने एक खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सामग्री हस्तान्तरण गरे ।

अगस्ट २४ देखि सुरु हुने पारा ओलम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा भाग लिनेछन् ।

सेभ दी मिसन सरोज श्रेष्ठ, प्रशिक्षकमा कविराज नेगी लामा, फिजियोमा डा। दीपक श्रेष्ठ र कोभिड लाइसेन्स अफिसरका रूपमा विश्वास बस्नेत सहभागी हुँदैछन् । टोली शुक्रबार जापान जाने कार्यक्रम छ ।

यसअघि कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोसाक प्रायोजन गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post लेवान्डोस्की चम्किएपछि डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकप
Next post एथलेटिक्स परिवारले घोषणा गर्‍यो वार्षिक कार्यक्रम
Close