जापानको टोक्योमा आयोजना हुने पारालम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई विदाई गरिएको छ। नेपाल तेक्वान्दो संघले पारालम्पिक टिमलाई विदाई गरेको हो।
संघको केन्द्रिय कार्यालय सातदोबाटोमा एक कार्यक्रम आयोजना गरि विदाई गरिएको हो। पारालम्पिक टिम शुक्रबार जापान जाने कार्यक्रम रहेको छ।
पारालम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्दैछिन्। उनी के४४ क्याटेगोरीअन्तर्गत महिला तर्फको ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।
पारालम्पिक प्रतियोगिता २४ अगस्टबाट सुरु हुँदैछ। प्रतियोगितामा नेपालबाट एक खेलाडीसहित ५ सदस्यीय टिम जापान जाँदैछ। प्रशिक्षक कविराज नेगी लामा, सेफ द मिसन सरोज श्रेष्ठ सहित डा. दीपक श्रेष्ठ फिजियोका रुपमा र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा जापान जान लागेका हुन्।
तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले पारालम्पिक टिमको विदाई गर्दै शुभकामना पनि दिएका थिए। विदाई कार्यक्रममा ललितपुर धापाखेलमा रहेको नागदह तेक्वान्दो डोजाङका पदाधिकारी तथा प्रशिक्षकहरुले शुभकामनासहित प्रोत्साहन स्वरुप २५ हजार प्रदान गरेका थिए।