आइसिसी टि–२० वरियता : सोमपाल र बसन्तको स्थान सुधार, पारस यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार टी–२० क्रिकेटको नयाँ वरियता सर्वाजनिक गरेको छ । टि–२० वरियतामा नेपालका तीन स्थान बनाएका छन् ।

आइसिसीले बुधबार सर्वाजनिक गरेको वरियताा कप्तान पारस खड्का, अलराउन्डर सोमपाल कामी र स्पिनर वसन्त रेग्मीले स्थान बनाएका छन् । कप्तान पारस र सोमपालले अलराउन्डर र बसन्तले बलिङ वरियतामा स्थान बनाएका छन् ।

भेट्रान लेगस्पिनर वसन्त रेग्मी टी–२० बलिङ वरीयतामा २ स्थान माथि उक्लँदै ६९औँ स्थानमा छन् । यसअघि बसन्त ७१औँ स्थानमा थिए । उनले ४०९ नौ अंक बटुलेका छन् ।

अलराउन्डरतर्फ कप्तान पारस खड्का ७६ अंक जोड्दै ३८औँ स्थानमा थयावत् रहेका छन् । पारसको यो करिअरकै राम्रो वरीयता स्थान हो । यसक्रममा पारसले इंग्ल्यान्डका जोए रुट, मोइलन अली र वेस्टइन्डिजका किरेन पोलार्डलाई पनि पछि परेका छन् । यता बयाटिङमा भने पारस ३ स्थान तल झर्दै ९५ औं स्थानमा छन् ।

यसैगरी अलराउन्डरमा सोमपाल कामीले भने अलराउन्डर र बलिङ दुवैमा स्थान बनाउन सफल भएका छन् । उनी अलराउन्डरमा ४९औँ स्थानमा छन् भने बलिङमा ६८ औं स्थानमा छन् । अलरान्डरतर्फ सोमपालले १ स्थान सुधार गरेका छन् ।

टि–२० वरियतामा पाकिस्तान शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । यस्तै इंग्ल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाचौं स्थानमा छन् । नेपाल भने १४औँ स्थानमै यथात छ । यस्तै व्यक्तिगततर्फ बलिङमा अफगानिस्तानका रसिद खान, ब्याटिङमा पाकिस्तानका बाबर अजाम र अलराउन्डरमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।