पेरिस सेन्ट जर्मेन (पिएसजी) का विंगर एन्जल डी मारिया बार्सिलोनाविरुद्धको च्याम्पियन्सको अन्तिम १६को पहिलो लेग गुमाउने भएका छन् ।
लिग वानअन्तर्गत मार्सेलीविरुद्धको खेलमा घाइते भएकाले डि मारियाले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् । उनको थाइ मार्सलमा समस्या देखिएको थियो ।
पिएसजीले बार्सिलोनाविरुद्ध फेब्रुअरी १६मा क्याम्प नेउमा अन्तिम १६को पहिलो लेग खेल्ने छ । पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले डि मारियाले बार्सिलोनाविरुद्धको खेल गुमाउने पक्का बताएका छन् ।
‘डि मारिया क्याम्प नाउको भ्रमणमा हामीसँग हुने छैनन्,’ पोचेनिटोले भने, ‘उनको उनुपस्थितिमा पनि बार्सिलोनोविरुद्धको हाम्रो रणनीति भने परिवर्तन हुनेछैन ।’