इंग्ल्यान्डामा आयोजना भएको नयाँ फर्म्याट क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’को उपाधि साउदर्न ब्रेभले जितेको छ। लर्ड्स भभएको फाइनलमा पाउल स्टर्लिङ र रोस ह्वाट्लीले उत्कृष्ट ब्याटिङ गरेपछि साउदर्न ब्रेभले बर्मिङ्घम फोनिक्सलार्य ३२ रनले हराउँदै उपाधि उचाल्यो।
पहिला ब्याटिङ गर्दै साउदर्नले दिएको १६८ रनको लक्ष्य पछ्याएको बर्मिङ्घमले एक सय बलमा ५ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । उसका लागि लइम लिविङ्सटनले १९ बलमा सर्वाधिक ४६ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे।
यस्तै, कप्तान मोइन अलीले ३० बलमा ३६ रन, क्रिस बेन्जामिनले २३ र बेनी होवेलले २० रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन्। साउदर्नका जर्ज ग्राटोन, क्रेइग ओभरटन, टायम मिल्स र ज्याक लिन्टोटले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको साउदर्नले ५ विकेटको क्षतिमा १६८ रन बनाएको थियो। उसका लागि प्लेयर अफ द म्याच पाउल स्टर्लिङले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रन बनाए ।
यस्तै, ह्वाट्लीले १९ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ४४ रन बनाए भने एलेक्स डेविडले २७ र टिम डेविडले १५ रन बनाए। बर्मिङ्घमका एडम मिल्नेले २ विकेट लिए।
यस्तै, द हन्ड्रेडको महिला तर्फको उपाधि ओभल इनविन्सिबल्सले जितेको छ। फाइनलमा उसले साउदर्न ब्रेभलाई ४८ रनले हरायो।