पेड्रीले जिते गोल्डेन बोइ अवार्ड

स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीले गोल्डेन ब्वाई अवार्ड जितेका छन्। यो अवार्ड प्रत्येक वर्ष युरोपका २१ वर्षमुनिका उत्कृष्ट खेलाडी दिइने गरिन्छ।

गोल्डेन बोइ अवार्ड जित्ने क्रममा पेड्रीले इंग्ल्यान्ड र बोरुसिया डर्टमन्डका जुड बेलिङघमलाई पछि पारे । उनी याे अवार्ड जित्ने मेसीपछाडि बार्सिलाेनाका पहिलाे खेलाडी हुन्।

१८ वर्षीय पेड्री गत सिजन मात्र इटालियन क्लब लस पालमसकाट बार्सिलोना आएका थिए। उनलाई अहिले लिजेन्ड जाभी र इनेस्टाको स्थान लिन सक्ने खेलाडीका रुपमा हेरिएको छ।

गत सिजन उनले बार्सिलोना र स्पेनका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । स्पेनका लागि युरोकप र ओलपिम्कप खेल्दै आफ्नो प्रभाव छाडेका थिए।

गत वर्ष यो अवार्ड बोरुसिया डर्टमन्डका इर्लिङ हालान्डले जितेका थिए।