°
, June 1, 2023 in

पेलेसँगको तस्बिर पोस्ट गर्दै छोरीले भनिन्– हामी अझै यहीं छौँ, संघर्ष र विश्वासमा

SHARE:

महान् फुटबलर पेल अहिले अस्पतालमा उपचारथ छन्। लामोसमय देखि क्यान्सरबाट पीडित रहेका पेलेको स्वास्थ्य अवस्था निकै खराब छ। उनी करिब २ महिनायता अस्पतालमै उपचार गराइरहेका छन्।

पेलेकी छोरी केली नासिमेन्तोले उनको स्वास्थ्य अवस्थाबारे भावुक पोस्ट सेयर गरेकी छन् । फोटोमा उनले अस्पतालको शय्यामा रहेका आफ्नो पितालाई अंकमाल गरिरहेकी छिन् । उनले लेखेकी छन्, ‘हामी अझै यहीँ छौँ, सङ्घर्ष र विश्वासमा । अर्को एक रात सँगै ।’ 

गत नोभेम्बर २९ मा उनको श्वास नलीमा सङ्क्रमण देखिएपछि उनलाई ब्राजिलको साओ पाउलो अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना गरिएको छ। उनी लामो समयदेखि क्यान्सर रोगसँग जुझिरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बन्दै गइरहेको छ ।

पेलेमा सन् २०२१ मा क्यान्सर पुष्टि भएको थियो । उनलाई मुटुको समस्या पनि रहेको छ ।

SHARE: