°
, June 1, 2023 in

पेलेको निधनमा शोकाकुल ब्राजिल

SHARE:

विश्वका महान् फुटबलर पेलेको निधनले ब्राजिल शोकाकुल छ। पेलेको गृहराज्य मिनास मात्र होइन ब्राजिलका हरेक ठूलासाना नगरमा उनको अवसानबाट सन्नाटा छाएको छ।

फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकले बताएका छन्। तीन विश्वकप उपाधि जित्ने पेले एक्ला खेलाडी हनु्। उनका नाममा फुटबलमा थुप्रै कीर्तिमान छन्।

देशको हरेक भाग उनको असामयिक निधनबाट दुःखी भएको र साथै उनीप्रति ब्राजिलबासीले गर्व गरेका बताएका छन्। स्कुल भ्यान चलाउने ६७ वर्षीय टाभरेसले ब्राजिलका जनतालाई विश्वमा परिचित गराउने पेले मरेर पनि अमर भएका टिप्पणी गरे।

अगस्टो मिनास गेराइसको पहाडमा रहेको आफ्नो सानो बारमा बसेका बेला पेलेको निधन भएको खबर सुनेकी ५५ वर्षीया रोजेली आफ्नो बुबा पेलेको खेल हेर्नको लागि तटीय सहर सान्तोसमा बस चढेको सम्झन्छिन्। उनी भन्छिन्,  ‘पेले विश्वकै उत्कृष्ट खेलाडी हुन्, उनी हाम्रा सबैभन्दा ठूलो ‘स्पोर्ट्स आइडल’ हुन्।’

रोटी बेर्ने अखबारका पानामा पेलेका बारेमा पढेकी लुसिया भन्छिन्, ‘पेले फुटबलको प्रतीक हुनुहुन्थ्यो, एक महान् खेलाडीमात्र होइन सरल, नम्र व्यक्ति हुनुहुन्थ्यो जसले आफूले सक्ने सबै गरे।’

देशका सर्वकालीन खेलाडीको निधनले ब्राजिल शोकको सागरमा डुबेको बताउँदै उनी पेलेका बारेमा जति बोले पनि त्यो कम हुने तर्क गर्छिन् ।

SHARE: