°
, June 4, 2023 in
0

डर्टमन्डलाई हराउँदै अग्सबर्गसँग शीर्ष स्थानमा, लेइपजिग रोकियो

SHARE:

बोरुसिया डर्टमन्ड जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमन्ड अग्सबर्गसँग २–०ले पराजित भएको हो ।

घरलु मैदानमा डर्टमन्डलाई हराएसँगै अग्सबर्ग लिगको शीर्ष स्थानमा उक्लिएको छ । दुवै खेल जितेको अग्सबर्गको ६ अंक भएको छ । पहिलो खेलमा उसले युनियन बर्लिनलाई ३–१ले पराजित गरेको थियो ।

अग्सबर्गकै मैदानमा भएको खेलमा उसलाई जित दिलाउन फेलिक्स उडोखाइ र डानिल कालिगुईरीले एक एक गोल गरे । खेलको ४० औं मिनेटमा फेलिक्सले गोल गर्दै अग्सबर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा डानिलले गोल गर्दै अग्सबर्गलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यसैगरी शनिबार राति नै भएको अर्का खेलमा आरबी लेइपजिग बराबरीमा रोकिएको छ । लेइपजिगलाई बायर लेभरकुसनले १–१ गोलको बराबरीमा रोकेको हो । लेइपजिगका इम्ली फग्सबर्गले १४औं मिनेटमा गोल गरेका थिए भने लेभरकुसनका २०औं मिनेटमा करिम डेमिर्बीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि कुनै गोल भएन ।

यसैगरी अन्य खेलमा अर्मिनियाले क्लोनलाई १–०ले पराजित गर्दा स्टुडगार्डले माइन्जलाई ४–१ले हरायो । यस्तै मोन्चनग्लाबाच र युनियन बर्लिनले १–१ गोलको बराबरी खेलेका छन् ।

बुन्डेसलिगा अन्तर्गत नै अर्को खेलमा आरबी लाइपजिगले बायार लेवरकुसनसँग १(१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *