स्टनेफ जेरार्ड र फिलिपे काउटिन्हो टिममेट हुन् । यी दुईले लिभरपुलका लागि सँगै खेलेका थिए ।
अहिले पनि यी दुई टिम मेट हुन् । एक जना मैदानभित्र हुँदा अर्को टचलाइनमा हुन्छन् । तर, क्लब भने फरक छ ।
जेलार्डले सन्न्यास लिँदै लिभरपुल छाडे, र प्रशिक्षक बने । ब्राजिलियन मिडफिल्डर काउटिन्होले भने लिभरपुल छाडे । र, बार्सिलोना गए ।
तर, अहिले दुवै एस्टन भिल्लामा छन् । जेरार्ड प्रशिक्षकका रुपमा छन् भने काउटिन्होको भूमिका उही छ।
लिभरपुल छाडेर बार्सिलोना गएपछि काउटिन्होले लय गुमाए । उनले अपेक्षाअनुसारको प्रदर्शन नै गर्न सकेनन् । त्यसले उनी बार्सिलोनाको पहिलो रोजाइमा पनि पर्न छाडे ।
लिभरपुलमा सँगै खेलका यी दुईलाई जोड्ने काम एस्टन भिल्लाले ग¥यो । प्रिमियर लिगमा खराब प्रदर्शन गरेपछि डिन स्मिथलार्य बर्खास्त गर्दै एस्टन भिल्लाले जेरार्डलाई मुख्य प्रशिक्षक बनायो ।
जेरार्डका आगमनसँगै भिल्लाले लय समात्यो । टिमलाई थप बलियो बनाउन जेरार्डले बार्सिलोनाबाट आफ्ना साथी उनै काउन्टिहोलाई भित्र्याए, गत जनवरीमा ।
जेरार्ड काउटिन्होका साथीमात्र होइनन्, उनको फुटबलका ठूलो फ्यान पनि हुन् । र, उनको फुटबल कौशललाई जेरार्ड नजिकबाट चिनेका छन्।
एस्टन भिल्ला आएयता काउटिन्होले लय समातेका छन् । र, उनले तीन खेलमा २ गोल र ३ असिस्ट गरेका छन्। बुधबार राति भएको लिड्स युनाइटेडविरुद्धको खेलमा पनि काउटिन्होको प्रदर्शन उम्दा थियो ।
र त प्रशिक्षक जेरार्डले काउटिन्होको खुलेरै तारिफ गरे। काउटिन्हो शारिरीक रुपमा सबल खेलाडी नभएपनि उनले उत्कृष्ट खेलिरहेको जेरार्डले बताए। उनलाई अझै धेरै खेल्न र अभ्यास गर्न दिनुपर्ने जेरार्ड बताउँछन्।
‘उनले धेरै खेल्न समय पाएका छैनन्, तर जति समय पाएका छन् त्यसको सदुपयोग उत्कृष्ट ढंगले गरेका छन्,’ काउटिन्होको प्रशंसा गर्दै जेरार्डले भने ।
‘धेरै समयको उनी फुटबलसँग राइमरहेका छन् । मेरो विचारमा उनको हिजोको खेलमा स्किल, जागरुकता र भिजन सबै थियो,’ उनले भने, ‘यदि तपाईंले त्यस्तो खेल हेर्न मनपर्दै भने तपाईं आजैबाट फुटबल हेर्न छाडिदिनुस्।’
प्रशिक्षक जेरार्डले लिड्सविरुद्ध काउटिन्हो केही स्किल अत्यन्त सुन्दर भएको बताए । ६ गोल भएको सो खेल ३–३ गोलको बराबरीमा सकिएको थियो।