स्पेनिस क्लब बार्सिलोनाले आर्सनलका स्ट्राइकर पिर्रे अमेरिक औबामियाङलाई अनुबन्ध गरेको छ। उसले गाबोनका ३२ वर्षीय स्ट्राइकर औबामियाङलाई लोनमा अनुबन्धन गरेको हो।
बार्सिलोनाले स्ट्राइकिङ लाइअप बलियो बनाउन औबामियाङलाई डेट लाइन डेको अन्तिम दिन अनुबन्धन गरेको हो। तर, उनी पछिल्लो १ महिना यता मैदान बाहिर छन्।
डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि मैदान बाहिर रहँदा आएका उनीबाट आर्सनलले कप्तानीको जिम्मेवारीसमेत खोसेको थियो। आर्सनलबाट औबामयाङले प्रिमियर लिगको १ सय २८ खेलमा ६८ गोल गरेका छन्।
योसँगै बाँकी सिजन लागि बार्सिलोनाको फ्रन्टलाइनमा तीन नयाँ अनुहार देखिने छन्। यसअघि उसले विंगरद्वय फेरान टोरेस र एडमा ट्राओरेलाई अनुबन्धन गरेको थियो।