युभेन्टसलाई हराउँदै बार्सिलोनाले जित्यो गाम्पर ट्रफी

इटालियन जाइन्ट युभेन्टसलाई हराउँदै स्पेनिस क्लब क्लब बार्सिलोनलो ‘ट्रोफेउ जोन गाम्पर’ ट्रफी जितेको छ। आइतबार राति नेरदरल्यान्ड्सको जोहान क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई ३–०ले हरायो।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, मार्टिन ब्रेथवेट र रिकी पुचले गोल गरे। खेलेको तेस्रो मिनेटमै डिपेको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लिएको लिएको थियो। ५७औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोना अग्रता दोब्बर बनाए । त्यसपछि इन्जुरी टाइममा पुइगले गोल गरेपछि बार्सिलोना ३–०ले विजयी भयो।

सिजन सुरु हुनुअघि यो दुवै टिमको अन्तिम अभ्यास खेल हो। १५ अगस्तमा रियल सोसिडाडसँग खेल्दै बार्सिलोनाले ला लिगाको सुरुआत गर्ने छ भने युभेन्टसका सिरि एको पहिलो खेलमा २२ अगस्तमा उडिनेसको सामाना गर्ने छ।