पोखरामा पिजे क्लबको फोटो प्रदर्शनी

Read Time:2 मिनेट

फोटो पत्रकार क्लब (पिजे क्लब)ले पोखरामा फोटो प्रदर्शन आयोजना गरेको छ। पिजे क्लबले नेपाल फोटो प्रतियोगिता २०७६मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी पोखरामा सुरु गरेको हो।

आजबाट सुरु भएको फोटो प्रदर्शन पर्यटन बोर्ड, पोखराको हलमा सुरु भएको हो। पुस १६ गतेसम्म चल्ने प्रदर्शनीको वरिष्ठ फोटो ग्राफर विश्वरत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष विममला भण्डारीले संयुक्त रुपमा गरे ।

प्रदर्शनीमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट ११७ फोटो राखिएको छ। प्रदर्शनी ५औं पामे अन्तराष्ट्रिय फिल्म फेष्टिबल संगको सहकार्यमा पोखरामा गरिएको हो । प्रतियोगिता तथा प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ ।

यसैगरी अर्घाखाँची सिमेन्ट, सेल पे, शिखर इन्स्योरेन्स, नेप्टोस, डिसहोम र सिटी एक्सप्रेसले विधागत प्रायोजन गरेका छन् भने एडभेन्चर स्पोर्टस, किङ्स कलेज, भायनेटले सहयोगीको भूमिका निर्वाह गरेका छन् ।

यस्तै प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा होटल रोयल सिंगी, मेडिकल पार्टनरमा स्टार हस्पिटल, फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड र न्युज पार्टनरमा न्युज एजेन्सी नेपाल रहेका छन् ।

मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, अन्नपुर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, हिमालय टाइम्स, दैनिक नेपालगन्ज र न्युज ओके छन् ।

यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, इमेज च्यानल र हिमालयन टेलिभिजन छन् भने अनलाइन पार्टनरमा अनलाइनखबर डटकम, सेतोपाटी डटकम, इकान्तिपुर डटकम, नयाँ प्रत्रिका डटकम, सबैखेल डटकम, नेपालगन्ज डटकम, न्युजओके डटकम, काठमाडौं प्रेस डटकमलगायत छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेन्ट्रल जोन भलिबल उपाधि विजेता नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
Next post यू–१९ एसिया कपमा नेपाल जितबिहीन
Close