गौरिकासहित ५ खेलाडीलाई युयुएनटीएफ सम्मान

कीर्तिमनधारी पौडीकी गौरिका सिंहसहित ५ खेलाडी दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मान गरिएको छ । सम्मानित हुने अन्य खेलाडीमा तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा छन् ।

यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेका छन् ।

सम्मानित पाँच खेलाडीले गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए । विजेता पाँचै जना खेलाडीहरुले नगद ३० हजार तथा प्रशिक्षकले २० हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गरे ।

विश्वभर छरिएर रहेका तेक्वान्दो खेलाडीहरुको संगठन युयुएनटिफले गतवर्ष बाट अवार्डको शुरुवात गरेको हो । यसको पहिलो संस्करण दुई वर्ष अगाडि वुटवलमा भएको थियो ।

अवार्ड कार्यक्रममा युयुएनटिएफ अवार्ड अलावा १३ औं सागमा पदक जित्ने सम्पूर्ण खेलाडी र प्रशिक्षकहरुलाई पनि सम्मान गरियो । जसमा १२ स्वर्ण जित्ने १८ जना खेलाडीहरुलाई २५ हजार, रजत जित्ने ६ जनालाई १५ हजार र ११ काश्य पदक जित्ने १७ जना खेलाडीलाई १० हजार रुपैंया प्रदान गरिएको थियो। त्यसैगरी ७ प्रशिक्षक र २ मेनेजरलाई नगद ५ हजार प्रदान गरियो ।

सोही अवसरमा नुवाकोट जिल्लाबाट १३ औं सागमा पदक जित्ने १० जना खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरियो । त्यसमा स्वर्ण पदक जित्ने करातेकी अनु अधिकारी, साइक्लिङकी लक्ष्मी मगर र वुद्धि बहादुर तामाङ, फुटबलका अभिषेक रिजालले नगद २५ हजार प्राप्त गरे ।

त्यसैगरी रजत जित्ने तेक्वान्दोका कृष्ण बहादुर तामाङ, उसुका मिन ग्लान, फेन्सिङकी अन्जु तामाङ, जुडोका सञ्जित डंगोल, भारोत्तोलनकी अस्मिता राई , तेक्वान्दोक कृष्ण बहादुर तामाङले नगद १५ हजार प्राप्त गरे । यस्तै काश्य पदक जित्ने तेक्वान्दोका रेजिन रिजाल, जुडोका सुनिल नगरकोटी र करातेका राजीव पुडासैनीले १० हजार रुपैंया प्राप्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.