पूर्वराष्ट्रिय खेलाडी शेरबहादुरलाई पाँच लाख प्रदान

Read Time:1 Minute

तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक सहयोग प्रदान गरेको छ ।

लामो समयदेखि कलेजो रोगबाट पिडित सिंहलाई कोषले २ लाख र परिषद्ले ३ लाख गरि नगद ५ लाख प्रदान गरेको कोषका सचिव दीपक श्रेष्ठले जानकारी गराएका छन् । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नविन श्रेष्ठलाई ५ लाखको चेक बिहीबार हस्तारन्तरण गरे ।

कैलाली जिल्ला निवासी सिंहको दिल्ली स्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भईरहेको छ । उनलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको चिकित्सकले जानकारी गराएका छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post के बेन्जिमाले विश्वकप फाइनल खेल्छन् ?
Next post उमेर पटवाल बने जनकपुर रोयल्सको मूख्य प्रशिक्षक
Close