°
, June 4, 2023 in
0

प्रधानमन्त्री कप ब्याडमिन्टन : दीपेश र जेशिका च्याम्पिनय

SHARE:

एपिएफका दीपेश धामी र जेशिका गुरुङले चितवनमा सम्पन्न भएको योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितको छन् । दिपेशले पुरुष एकल तथा जेशिकाले महिला एकलको उपाधि जितेका हुन् ।

आइतबार बिहान भएको खेल प्रतिर्धात्मक खेलमा प्रिन्स दाहाललाई २१–१९, २२–२०ले हराउँदै पुरुष एकलको उपाधि जितेका हुन् । यस्तै, महिला एकलको उपाधि जित्ने क्रममा जेशिकाले नेपाली सेनाकी रशिला महर्जनलाई २१–१८, १७–२१, २१–१७ ले पारजित गरिन् ।

महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार प्राप्त गरे भने दोस्रोले ५५ हजार र तेस्रा्े हुने १५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी राष्ट्रिय २० वरियताभित्रका खेलाडीहरुकोबीचको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडी विजयी भयो । फाइनलमा नविन र रत्नको जोडीले एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले हरायो ।

यस्तै, राष्ट्रिय २० वरियतामाथिको युगलमा सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा विजयी भएका छन् । महर्जन र लिनथेपको जोडीले बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१–१५, २१–१९ले हराए ।

यस्तै, ब्वाईज यू–१७ तर्फको उपाधि सेनाका आयुष्मान नागरीले जिते । उनले फाइनलमा सुर्खेतका नरेन्द्र बमलाई २१–१७, २१–१६ले हराए । महिलातर्फ कैलालीकी प्राथना देउवालाई २१–१५, २१–१०ले हराउँदै सेनाकी रशिला महर्जनले उपाधि जितिन् ।

५५ वर्षमाथिको प्रतिस्पर्धाको डबल्समा चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले उपाधि जित्यो । यस्तै, ४५ वर्षमाथिको स्पर्धाको उपाधि पुर्णहरि होना र संजय कपालीको जोडीले जित्यो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *