चितवनमा प्रधानमन्त्री कप ब्याडमिन्टन सुरु

प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पहिलो संस्करण बुधबारबाट चितवनमा सुरु भएको छ । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको पहलिो दिन ६९ वटा खेल सम्पन्न भएको छ । विभिन्न आठ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा ३ सय खेलाडी सहभागी छन् ।

प्रतियोगिता नेपालकै सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टर प्रतियोगिता हो । जसमा मेन्स सिंगल र वुमन्स सिंगलका विजेताले एक लाख १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भन् दोस्रो हुनेले ५५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यसैगरी २०औं वरियताभित्रको डबल्सतर्फ विजेताले ६० हजार, दोस्रो ३० हजार र तेस्रो हुनेले ८ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्राप्त गरेको छ । यस्तै, २०औं वरियताभन्दा माथिका विजेताले ५० हजार, दोस्रोले २७ हजार र तेस्रोले ७ हजार प्राप्त गर्नेछन् भने यु–१७ छात्र तथा छात्रा भेट्रान्सतर्फका विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

रष्ट्रिय खेलकूद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा प्रधानमन्त्री कप खुला ब्याडमिन्टन सुरु भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.