मिडियम फास्ट बलर कमलसिंह ऐरी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी भएका छन् । एपिएफलाई फाइनलसम्म पु¥याउन उत्कृष्ट बलिङ गरेका कमललाई क्यानले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै ‘प्लेयर अफ दी सिरिजको अवार्ड दियो ।
कमलले ६ खेलमा कुल १० विकेट लिएका थिए । उनले ५८ ओभर बलिङ गर्दै १८१ रन खर्चिए । उनको इकोनोमी ३.४१ छ । गत वर्षमात्र राष्ट्रिष् टिममा डेब्यू गरेका उनले ५० हजार रुपैयाँ प्राप्त गरे।
पृथु र साहब उत्कृष्ट
बगामती प्रदेशका अलराउन्डर पृथु बास्कोटा प्रधानमन्त्री कप क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान बने । उनले प्रतियोगितामा २ अर्धशतकसहित २१५ रन बनाएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनको एभरेट ७१.६६ छ । उनकै उत्कृष्ट ब्याटिङमा बागमती सेमिफाइनल सम्म पुगेको थियो ।

यस्तै आर्मीका साहब आलम उत्कृष्ट बलर घोषित भए । फाइलनमा ३ विकेट लिएका उनले कुल १२ विकेट लिए । उनी सर्वाधिक विकेट लिनेको सूचीमा दोस्रो स्थानमा थिए । सर्वाधिक विकेट लिनेमा १४ विकेट लिएका एपिएफका अविनाश बोहरा शीर्ष स्थानमा थिए । पृथु र साहब दुवैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी प्रदेश २ का विवेक यादव इमर्जिङ प्लेयर घोषित भए । विवेकले ४ खेलमा २ अर्धशतकसहित १६७ रन बनाएका थिए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।