सनुसरीको इटहरीमा आजबाट सुरु भएको प्रधानमन्त्रीक कप महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ विजयी भएको छ। जनता पार्क मैदानमा शुक्रबार भएको खेलमा प्रदेश १ का बलर चम्किएपछि उसले मधेश प्रदेशमाथि ९ विकेटको सहज जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै मधेश प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११.४ ओभरमा १ विकेट गुमाएर भेट्टायो । प्रदेश एकका काजल श्रेष्ठले सर्वाधिक २४ रन बनाउँदा रुबिना क्षेत्रीले नटआउट २० रन बनाइन् ।
त्यसअघि पहिला ब्याटिङ गरेको मधेश प्रदेश १९.२ ओभरमा ४९ रन अलआउट भयो । उसका सरस्वती कुमारीले मात्र दोहोरो अंकमा स्कार बनाइन् । उनले १२ रन बनाइन् । अन्य ब्याट्सम्यान भने सस्तैमा पभेलियन फर्किए । उसका ४ ब्याट्सम्यान डकआउट भएका थिए।
मधेशलाई सस्तैमा समेट्ने क्रममा सबनम राईले घातक बलिङ गरिन्। उनले ४ ओभरमा ३ मेडनसहित १ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, रुबिना क्षेत्री र निशा साहले समान २ विकेट लिए। प्रदेश एककी सबनम राई प्लेयर अफ द म्याच बनिन् ।
७ प्रदेश र १ विभागीय गरी ८ टिम प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।