°
, June 7, 2023 in

पिएम कप महिला क्रिकेट : प्रदेश १को लगातार दोस्रो जित, सुदुरपश्चिमको पहिलो जित

SHARE:

सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् ।

सोमबार भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । हुस्सुका कारण ९ ओभमा झरिएको खेलमा प्रदेश १ ले दि एको ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ७ विकेटको क्षतिमा ५० रन मात्र बनाउन सक्यो।

उसका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडिन्। उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश–१ का लागि संगीता राईले ३ विकेट लिइन् भने सबनम राई, ज्योति दनुवार र रुबिना क्षेत्रीले समान एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४ विकेट गुमाएर ५९ रन बनायो । उसका काजल श्रेष्ठले २१, कप्तान रुबिना क्षेत्रीले १७ र अप्सरी बेगमले १२ रन बनाइन्।

लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र बिभष्णा बीसीले समान १ विकेट लिए।

यस्तै, अर्को खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशमाथि ९ विकेटको जित निकाल्यो । गण्डकीले दिएको ६१ रनको सामान्य लक्ष्य सुदुरपश्चिमले ११ ओभरमा १ विकेट गुमाउँदे भट्टायो।

उसका लागि विन्दु रावलले नटआउट ४६ रन बनाइन्। उनले ४३ बलमा ८ चौका प्रहार गरिन् । यस्तै, गण्डकीकी निरुता जिटीले १ विकेट लिइन्।

त्यअघि पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ६० रन बनाएको थियो । उसका सिमाना केसीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

सुदुरपश्चिमका मनिषा चौधरीले ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चिइन्।

SHARE: