°
, June 7, 2023 in

प्रधानमन्त्री कप महिला क्रिकेट पुस अन्तिम साता

SHARE:

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस अन्तिम साताबाट सुरु हुने भएको छ। क्यानले सोमबार जिल्ला संघहरुलाई पत्र लेख्दै प्रतियोगिता पुस अन्तिम साताबाट हुने जनानकारी गराएको छ।

क्यानले जिल्ला संघलाई पत्र काट्दै पुस १५ भित्र जिल्ला छनोट सक्न भनेको छ। क्यानले पुस २५ भित्र प्रादेशिक छनोट सक्न भनेको छ।

यो पटक प्रतियोगिता सुनसरीको इटहरीमा आयोजन हुने छ। टि–२० फर्म्याटमा हुन प्रतियोगिता पुस २९ गते बाट सुरु हुने छ।

SHARE: