पिएम कम महिला क्रिकेट सेमिफाइनल समीकरण पुरा, प्रदेश १ र एपिएफ तथा सुदुरपश्चिम र मधेश भीड्ने

Read Time:2 Minute

सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘बी’ बाट मधेश प्रदेश उपविजेता बनेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो। 

प्रतियोगितामा समूह एबाट सुदुरपश्चिम समूह विजेता र विभागीय टिम उपविजेता बन्दा समूह बीचका प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेताका रुपमा सेमिफाइनल पुग्यो।

अब सेमिफाइनलमा एपिएफ र प्रदेश एक तथा सुदूरपश्चिम र मधेशबीच खेल हुनेछ। सेमिफाइनल शुक्रबार हुने छ भने फाइनल शनिबार हुनेछ।

मधेशले बुधबार भएको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै अन्तिम टिमका रुपमा सेमिफाइनल पुगेको हो। पहिले ब्याटिङ गरेको मधेशले दिएको १०८ रन लक्ष्य पछ्याएको लुम्बिनीे निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो।

लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु सिडीले समान २१ रन बनाउँदा लक्ष्मी चौधरीले १२, आश्मा पुलामी मगर, सरस्वती घर्तिमगरले समान ११ रनको योगदान दिइन्। बलिङमा मधेशका भूमी सिंहले २ तथा कविता गौतमले १ विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेकोले मधेशले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १०७ रन बनाएको थियो । उसका लागि साना प्रविनले सर्वाधिक ४६ रन बनाइन् । उले ६४ बल खेल्दै ५ चौका प्रहार गरिन्।

यस्तै, रोजी कदारीले १५ रन बनाइन् । लुम्बिनीका बिवासना बिसी, मनिषा राना र सरस्वती पुनले समान १ विकेट लिए।

५ विकेटको क्षतिमा जोड्यो। उसका लागि सना प्रवीनले ४६ रन जोडिन्। 

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सराबिया वुल्भ्समा, २१ नम्बरको जर्सी लगाउने
Next post ब्राजिलमा डेब्यूमै सुआरेजले गरे ह्याट्रिक
Close