प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस पहिलो साताबाट सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता पुस ३ गतेबाट हुनेछ।
धनगढीमा हुने प्रतियोगिताका लागि क्यानले तालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार प्रतियोगिताको उद्घाटन खेल साविक विजेता प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितामा नेपालको सात प्रदेश र विभागीय टोली एपीएफ गरी ८ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा प्रदेश १, लुम्बिनी, बागमती र कर्णाली छन् । यसैगरी समूह बी मा नेपाल एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ छन् ।
टी(२० फर्म्याटमा हुने प्रतियोगिताको खेलहरु फाप्ला क्रिकेट मैदानमा हुनेछ । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस ११ गते हुनेछ ।
गत वर्ष दाङको लमहीमा भएको प्रतियोगितामा प्रदेश १ ले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो ।