प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले जित्यो पिएम कपको उपाधि, कविता सर्वोत्कृष्ट खेलाडी

Read Time:1 Minute

सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । शनिबार इटहरीमा भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिमले उपाधि जितेको हो ।

पहिला ब्याटिङ गर्दै प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १ बल अगावै भेट्टायो । उसका लागि सम्झना खड्काले ३३ बलमा २ चौकासहित अविजित सर्वाधिक २७ रन बनाउँदा डली भट्टले १६ बलमा १ चौका र २ छक्कासहित विष्फोटक २२ रनको योगदान गरिन्।

यस्तै, कविता जोशीले १९ रन रन बनाइन् । बलिङमा सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेटको क्षतिमा १०१ रन बनायो । उसका लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक ४८ रन बनाउँदा अप्सरी बेगमले १५ र कप्तान रुविना क्षेत्रीले १४ रन बनाइन्।

बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले २ विकेट लिइन् भने श्रतु कनोजियाले १ विकेट लिइन् ।

विजेताको बनेको सुदुरपश्चिमले ५ लाख रुपैयाँ प्राप्त गर्दा प्रदेश १ ले ३ लाख रुपैयाँ पायो।

सुदूरपश्चिमलाई उपाधि दिलाउन मुख्य भूमिका खेलेकी कप्तान कविता कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन्। उनले ३० हजार रुपैयाँ प्राप्त गरिन्।

Happy
Happy
60 %
Sad
Sad
13 %
Excited
Excited
27 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेल्सीले भित्र्यायो पिएसभीका अट्याकिङ मिडफिल्डर
Next post आई लिग खेल्न भारत लागे अञ्जन विष्ट
Close