प्रधानमन्त्री कप महिला भलिबल चैत १० देखि

Read Time:1 मिनेट

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १५ गतेसम्म हुने भएको छ । बाँके जिल्ला भलिबल संघले संघले बुधबार वक्तव्य जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरे हो।

प्रतियोगिताको मिति तय भएपनि सहभागी हुने टिम भने तय भइसकेको छैन । अघिल्ला संस्करणहरुमा ६ टिमसहित बंगलादेश र श्रीलंकाबाट पनि टोलीको सहभागिता गराउने पहल भइरहेको आयोजकले जनाएको छ।

प्रधानमन्त्री कपमा नेपालका तीन विभागीय टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस), न्यू डायमण्ड एकेडेमी र आयोजक टोलीको सहभागिता निश्चित छ । एउटा भारतीय टोली पनि आउनेछ ।

दक्षिण एसियाकै अग्रणी महिला भलिबल प्रतियोगिताको रुपमा विकास गर्ने उद्देश्य राखिएको यो प्रतियोगिताको अघिल्लो संस्करण एपीएफले जितेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जडेजा टेस्ट क्रिकेटका नम्बर एक अलराउन्ड
Next post मनाङ खप्तड गोल्डकपको फाइनलमा
Close