आईसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा जित निकाल्ने नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री शेरबाहदुर देउवाले बधार्इ दिएका छन्।
आयोजक ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन ३९ रनको सानदार जित निकालेको भन्दै प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिएका हुन्।
११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमानविरुद्ध नेपाली बलरले उत्कृष्ट बलिङ गर्दै टिमलाई जित दिलाए । यो जितसँगै सेमिफाइनल पुग्ने नेपलाको सम्भावना प्रवल बनेको छ।
नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा खेल्ने छ भने तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ।
समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। यी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा समूह १ नेपालसँगै ओमान, फिलिपिन्स र क्यानडा छन् । समूह २मा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन छन्।
दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने २ टिमले अस्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्नेछन्।